राष्ट्रिय दुग्ध व्यवस्थापन कार्यालय

केन्द्रीय दूध तथा चिया शाखा

दूध प्रशासन विभाग

काठमाडौं, नेपाल

पत्र संख्या: रा.दु.व्य./०८३/०८४ मिति: २०८३/०५/११

विषय: दूध समूहबाट सदस्य निष्कासन सम्बन्धमा

उपरोक्त सम्बन्धमा यस कार्यालयअन्तर्गत सञ्चालनमा रहेको “दूध समूह” मा नियमित रूपमा दूध, चिया तथा अत्यन्त महत्वपूर्ण “आज दूध कसले ल्याउने?” सम्बन्धी छलफल हुँदै आएको व्यहोरा सर्वविदितै छ।

यसै क्रममा श्री अनिश सुवेदी ले हालै उक्त समूह परित्याग गरी छुट्टै नयाँ दूध समूह स्थापना गर्नुभएको जानकारी प्राप्त भएको छ। निजले नयाँ समूहमा दूधसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको अवस्थामा पुरानो समूहमा सदस्यको रूपमा कायम राख्नु दुग्ध प्रशासनको दृष्टिले उचित नदेखिएको हुँदा निजको सदस्यता पुनरावलोकन गरिएको छ।

अतः सम्बन्धित ग्रुप एडमिनज्यूलाई श्री अनिश सुवेदीलाई हाल कायम रहेको दूध समूहबाट तत्काल निष्कासन गरी उहाँको नयाँ दूध समूहको उज्ज्वल भविष्यका लागि शुभकामना प्रदान गरिदिनुहुन सादर अनुरोध गरिन्छ।

साथै, निजले भविष्यमा पुनः यस समूहमा प्रवेश गर्न चाहेमा कम्तीमा एक लिटर दूध, दुई प्याकेट बिस्कुट तथा “म पुरानो दूध समूहप्रति वफादार छु” भन्ने लिखित प्रतिबद्धता पेश गर्नुपर्ने व्यवस्था गर्न सिफारिस गरिन्छ।

उपर्युक्त निर्णय तत्काल कार्यान्वयन गरी समूहको दुग्धीय शान्ति, सद्भाव तथा चियाको गुणस्तर कायम राख्न आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ।

............................
कार्यालय प्रमुख
विकल्प चौधरी
राष्ट्रिय दुग्ध व्यवस्थापन कार्यालय